फ्रेन्च प्रहरीद्धारा एक चक्कुधारीमाथि गोली प्रहार, हमलाकारीको मृत्यु

अनलाईन न्युजपाटी,असोज १७ गते।

एजेन्सी: फ्रेन्च प्रहरीले एक चक्कुधारी हमलाकारमाथि गोली प्रहार गरेको छ । पेरिस प्रहरीको मुख्यालयमा प्रहरी अधिकारीहरुलाई चक्कु प्रहार गरेर घाइते बनाएका हमलाकारीको गोली प्रहारबाट मृत्यु भएको छ ।स्थानीय समाचार एजेन्सीका अनुसार हमलाकारी प्रहरी मुख्यालय मै कार्यारत थिए । हमलामा कति अधिकारी घाइते भए वा मृत्यु भयो  र घटना पछाडिको कारण पनि खुलेको छैन । घटनाको बारेमा प्रहरी मुख्यालयले कुनै सूचना जारी नगरेको पनि स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *