भारतको राजधानी नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिलालाई पक्राउ गरी दिल्लीमै ल्याइए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ५ गते।

भारतको राजधानी नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिलालाई पक्राउ गरी दिल्लीमै ल्याइएको छ । कुवेतबाट पक्राउ गरी फर्काइएका नेपाली महिलाको नाम लक्ष्मी, शोभा र रुपा रहेको जनाइए पनि उनीहरुको थर र ठेगाना खुलाइएको छैन । तीनैजना नेपाली महिला अवैध रुपमा दिल्लीबाट कुवेत पुगेका थिए । उनीहरु नेपाल एयरलाइन्सको विमानबाट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र विमानस्थलबाट सोझै कुवेत जाने अर्को विमानमा चढेको बताइएको छ ।अध्यागमनको आवश्यक प्रक्रिया पूरा नगरी उनीहरुले फर्जी कागजात प्रयोग गरेको जनाइएको छ । उनीहरुसँग खाडी देश जानका लागि आधिकारिक कागजपत्र नरहेको समाचारमा उल्लेख छ ।उनीहरु कुवेत पुगेपछि फन्दामा परेका थिए । कीर्ते प्रक्रियाबाट कुवेत पुगेका उनीहरुलाई आवश्यक कारवाहीका लागि दिल्ली फर्काइएको छ ।उनीहरुलाई अवैध रुपमा कुवेत पुर्याउन नेपाल एयरलाइन्सका कर्मचारीको समेत भूमिका हुन सक्ने आशंकामा छानविन भइरहेको छ ।ती महिला हाल दिल्ली प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुसँग सोधपुछ भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *