अमेरिकामा फेरि गोलि काण्ड २० को मृत्यु, दर्जनौ घायल

CNNका अनुसार अमेरिकामा एक  व्यक्तिले शनिबार वालमार्टमा अन्धाधुन्ध गोली प्रहार गर्दा २० जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।घटनाको संलग्न भएको आशंकामा संदिग्धलाई पक्राउ गरिएको छ जसको पहिचान २१ वर्षे प्याट्रिक क्रुसिएसको रुपमा गरिएको छ ।सिसिटिभी फुटेजमा देखिए अनुसार  क्रुसिएस एके–४७ एसल्ट राइफलसहित सिएलो भिस्ता मल वालमार्टको अगाडिको इन्ट्रान्सबाट प्रवेश गरिरहेको देख्न सकिन्छ ।

आवाज कम गर्ने हेडफोन र कार्गो पाइन्ट लगाएका बन्दुकधारीले सुरुमा स्टोर बाहिरको पार्किङ लटमा गोलीबारी गरे । त्यतिबेला वालमार्ट बाहिर स्थानीयले पानी बेचेर पैसा संकलन गरिरहेका थिए । त्यहाँ बालबालिका र वयस्कको पनि उपस्थिती थियो ।

एक प्रत्यक्षदर्शीका अनुसार त्यसपछि उनी निकै शान्त र आत्मविश्वासी भएर अगाडिको ढोकाबाट प्रवेश गरे । उनले भने, ‘उनलाई हेर्दा यस्तो लाग्थ्यो कि उनी कुनै मिसनमा थिए ।’

२० मिनेटको उक्त नरसंहार अमेरिकाको इतिहासको आठौं भयानक घटना हो ।

एक पत्रकार सम्मेलनमा एल पासो पुलिसका चिफ ग्रेग एलनले आरोपी २१ वर्षे ठिटो भएको पुष्टि गरे तर उनको नाम भने बताउन मानेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *