आफ्नो घर नजिकै बस्ने अर्की १३ वर्षीया बालिकाको टाउकोमा फलामको रडले १९ पटक हानेर हत्या

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, मंसिर २९ गते।

विद्यालमा कलम चोरेको विषयमा ८ कक्षामा अध्ययनरत दुई बालिकाबीच विवाद भयो । त्यसपछि आरोपी छात्रा (१२ वर्षीया) ले आफ्नो घर नजिकै बस्ने अर्की १३ वर्षीया बालिकाको टाउकोमा फलामको रडले १९ पटक हानिन् जसका कारण बालिकाको घटनास्थलमा नै मृत्यु भयो । घटनापछि आरोपी बालिकाले शवलाई आफ्नो घरको भुईं तल्लामा लुकाइन् । त्यसपछि यसबारे आमालाई जानकारी दिइन् । घटनालाई लुकाउनका लागि आरोपी बालिका र आमाले शवलाई पोखरीमा फ्याँके । भारतीय संचारमाध्यममा प्रकाशित यो घटना भारतको जयपुरस्थित राजस्थानको हो । पुलिसले हत्याको आरोपमा बालिकालाई हिरासतमा लिएको छ । उनका आमा–बुवालाई पनि पक्राउ गरिएको छ । पुलिस अधिकारी अशोक कुमार गुप्ताका अनुसार जयपुरमा बस्ने छात्रा बुधबार दिउँसोबाट हराएकी थिइन् । त्यसको भोलिपल्ट उनको घरभन्दा करिब ५ सय मिटर टाढा झाँडीमा उनको शव भेटिएको थियो । अनुसन्धानमा पत्ता लागे अनुसार मृत बालिका आरोपी छात्राको घर जान भनेर घरबाट निस्किएकी थिइन् । स्रोतका अनुसार पुलिसले जब आरोपी छात्राका आमाबुवाले ती दुई बालिकाबीच झगडा भएकोले १३ वर्षीया बालिका आफ्नो घर नआएको बताए । ती आमाबुवाको बयानपछि पुलिसलाई शंका लागेको उनले बताए । त्यसपछि १२ वर्षीयाको घरमा अनुसन्धान गर्दा मृत बालिकाको कानको झुम्का भेटियो । सोधपुछ कडा गरिएपछि ती बालिकाले आफ्नो अपराध स्विकार गरेको पुलिस अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *