अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, पौष २१ गते।
पोखरामा आइतबार साझ एक बालिकाको नहरमा खसेर मृत्यु भएको छ । पोखरा ५ मालेपाटनकी ४ बर्षिया बालिका सिर्जना सुबेदीको नहरमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साझ करिव ६ : १० बजे आफ्नी आमासँग हिडिरहेको अवस्थामा बालिका अचानक कालिका पेट्रोल पम्प नजिकैको नहरमा खसेर वेपत्ता भएकी थिइन् । वेपत्ता भएकी बालिकाको तत्काल नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतका सुरक्षा निकायको टोलीले खोज तलास गर्ने क्रममा साझ ७:४५ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले अनलाईन न्युजपाटीलाई जानकारी दिए । प्रहरी प्रवक्ता केसीका अनुसार बालिका खसेको स्थानबाट करिव १ किलोमिटर तल बागवानी केन्द्र नजिकै शव भेटिएको हो ।