अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, पौष २१ गते।
पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका बिरगंज महानगरपालिका–२५ का सिर्सियावासीले अब १२ घण्टे आन्दोलन थालेपछि एकीकृत जाँचचौकी (आईसीपी) बाट भित्रिने सवारी साधनहरु रोकिएको छ । सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी भन्सार कार्यालयको मध्य भागमा रहेको सिर्सिया गाउँका बासिन्दाले दैनिक १२ घण्टा आन्दोलन गरी विरोध जनाउँदै आएको सङ्घर्ष समितिका अध्यक्ष अम्बिका प्रसाद कुर्मीले अनलाईन न्युजपाटीलाई बताए । आन्दोलनकारीहरुले आगो बाली शान्तिपूर्ण विरोध जनाउँदै यातायात ठप्प पारेको छ।