नेपालमा नक्कली सूर्याको चुरोट बिगबिगी

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष २१ गते।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको ब्राण्डमा नक्कली चुरोट उत्पादन गरेर तराईका जिल्लामा खुलेयाम बिक्री गरेको भेटिएको छ। सूर्य नेपालले उत्पादन गर्ने जस्तै सूर्य, पाइलट, खुकुरी र शिखर चुरोट बजारमा बिक्री भइरहेका छन्।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको बजार हिस्सा र साख गिराउने उद्देश्यसहित केही गिरोहले नक्कली चुरोट बिक्री गर्दै आएका हुन्। जनकपुर, रौतहट र बारापछि अहिले पर्सामा पनि त्यस्ता चुरोट भेटिन थालेका छन्। उद्योग स्रोतका अनुसार जनकपुरमा आफ्नो बजार हिस्सा घटेपछि नक्कली चुरोट बिक्री भएको तथ्य फेला परेको थियो।

भारतका मोतीहारी र मुजफ्फरपुरमा रहेका साना चुरोट उद्योगले सूर्य नेपालको दुरुस्तै चुरोट उत्पादन गरेर नेपाल पठाउने गरेको अध्ययनबाट देखिएको छ। सूर्य नेपालका बजार व्यवस्थापक केशव प्रधानले नक्कली चुरोट चोरी पैठारी भइरहेको बारेमा सीमाका सुरक्षा निकाय र भन्सार प्रशासनलाई जानकारी गराइसकेको बताए। प्रधानले नक्कली चुरोट भित्रिने क्रम जारी रहेको र त्यसले राजस्वमा समेत गम्भीर असर गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *