भारतीय हास्य कलाकार राजु श्रीवास्तव सहितका हास्य टिम विराटनगरमा

अनलाईन न्युजपाटी,विराटनगर,समाचारदाता, पौष २१ गते।

बिराटनगरमा बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा “न्यु इयर ब्यास २०२०” कार्यक्रम सम्पन्न  भएको छ ।   बिराटनगरको होटेल नमस्कारमा उक्त कार्यक्रम आयोजना भएको हो । बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका कलाकार सहित उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा भारतीय कमेडियन राजु श्रीवास्तव , राजु निगम , जादुगर कारण चौहान , टिकटकमा समेत लोकप्रिय चीन्की मिन्की र कलाकार श्रेया जैन लगायतको प्रस्तुति रहेको थियो । सबै कलाकारको प्रस्तुतिले बिराटनगरबासीले मज्जाले मनोरन्जन लिएको कार्यक्रम आयोजकले अनलाईन न्युजपाटीलाई जानकारी दिए । कार्यक्रममा उद्योग राज्यमन्त्री मोति दुगड , बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली लगायत बिभिन्न विशिष्ट अतिथी उपस्तिथी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *