अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, पौष २१ गते।
बदलिदो मौसम चिसो बाट बच्न पराल (घुर) ताप्ने क्रममा आगोले पोलेको उपचार गर्न खर्च नभएर पिडामा रहेकी एक डोम समुदायकी महिलाले सहयोगको याचना गरेकी छिन । रौतहटको माधबनारायण नगरपालिका २ खेसरहिया घर भएकी पनवा देवी डोमले पैसा नभएको कारण उपचार गराउन सकेकी छैनन । मंसिर १७ गते राति चिसो बाट बच्न पराल आगो घुर बालेर सुतेकी पनवादेवी घुरको आगो सल्केर जलेकी थिइन । उनको पछाडीको शरिरको अधिकांश भाग जलेको छ । उपचारका लागी बिरगंज लगिएको र पैसा नभएपछि घरमा ल्याइएको रौतहटका डोमजातीका अगुवा बिजय मली डोमले अनलाईन न्युजपाटीलाई जनाएका छन । सार्वजनिक जमिनमा झुपडी बनाएर बस्दै आएकी पनवा एकल महिला हुन उनको श्रीमानको केही बर्ष अघि नै मृत्यू भएको थियो । एक्लै घरमा रहेकी उनको उपचारमा समस्या भएको छ । बिरगंजमा उपचार गराउदा ६० हजार खर्च भएको र त्यो पैसा कसरी तिर्ने भन्ने चिन्ता उनलाइ थपिएको छ । आगोले पोलेर घाइते भएकी ति महिलालाइ सहयोग गर्ने स्थानिय बिजय मली डोमले अनुरोध गरेका छन ।