आन्तरिक राजश्वका कर्मचारीले काम ढिलाई गरेको भन्दै सेवाग्राहीले लगाए ताल्चा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष २१ गते।

कर्मचारीहरुले काममा ढिलाई गरेको भन्दै सेवाग्राहीले कार्यालयमा ताल्चा लगाए । आईतबार आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर्मचारी समयमा काम नगरेकोले यसता कदम चाल्न बाध्य भएको हो ।कर बुझाउनका लागि घण्टौ लाईनमा लागेपनि कर्मचारीहरुले काममा अटेर गरेकोले आफुहरु आवेशमा आएर कार्यालयको मुलढोकामा ताला लगाएको जनकपुरधाम उपमहानगरपालिका एक सेवाग्राहीले दुख पोख्दै अनलाईन न्युजपाटीलाई बताईन् ।

उनले भनिन आफुहरु १२ बजेदेखि नै लाईनमा लागेपनि कर्मचारीहरुले काम गरेनन् । दिउँसो साढे एकबजे खाजा खाने समय भएपछि कर्मचारीहरु आ(आफ्नो कार्यकक्षबाट निस्केर क्यानिटतर्फ गएँ । तर चार बजेसम्म पनि उनीहरु कार्यकक्षमा फर्केनन । त्यसपछि आफुहरु आवेशमा आएर कार्यालयको मुलढोकामा ताला लगायौं ।’

कार्यालयमा दर्जनौं सेवाग्राहीहरु काम गराउन लाईनमा लागेपनि कर्मचारीहरुले कसैको काम समयमा गरेनन्,सिरहाबाट कर बुझाउन आएका एकजना सेवाग्राहीले बताए । यस सम्बन्धमा आन्तरिक राजश्व कार्यालय जनकपुरका प्रमुख जय बहादुर भण्डारीले अहिले पुस मसान्तको समयमा कार्यालयमा कर तिर्ने सेवाग्राहीको भीड लाग्नु स्वाभाविक रहेकोले कर्मचारीबाट सामान्य गल्ती भएको हुनसक्ने स्विकार गरेका छन् ।

उनले यस समयमा कार्यालयमा बढी चाप हुनेगरेकोले कुनैपनि कर्मचारीलाई विदा नदिएर सेवाग्राहीहरुको काम छिटो छरितो ढङ्गले प्रवाह गर्न आफु लागिपरेको जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *