दोषीलाई कडा कारबाहीका साथै दिलीपलाई प्रथम राष्ट्रिय पर्यावरण सहिद घोषणा गर्न माग गर्दै ढल्केवरमा प्रदर्शन

अनलाईन न्युजपाटी,जनकपुरधाम समाचारदाता,फाल्गुन  ०१ गते।

गत पुस २५ गते धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित घरनजिकैको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको बेला टिपरले किचेर हत्या गरिएका पर्यावरण अभियन्ता दिलीप महतोलाई न्याय माग्दै धनुषाको ढल्केवरमा बुधबार प्रदर्शन गरिएको छ ।चुरे तथा वनजंगल संरक्षण अभियानको पूर्व निर्धारित कार्यक्रम अनुसार ढल्केवरमा दिलीप महतोलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

सामाजिक अभियन्ताहरुको विशेष उपस्थितीमा भएको प्रदर्शनमा सहभागीहरुले दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गर, उच्च स्तरिय छानविन समिति गठन गर, दोषीलाई कडा कारबाही गर लगायतका नाराहरु लगाएका थिए ।

रयाली ढल्केवर चोकको विभिन्न भागको परिक्रमा गरेर ढल्केवरस्थित रहेको कृषी हाटबजार अगाडी पूगेर करिब आधा घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । राजमार्ग अवरुद्ध गरेर कोणसभाको आयोजना गरिएको थियो । यस घटनाको देशैभर व्यापक रुपमा विरोध भईरहेको छ । देशको विभिन्न भागमा दिलीपलाई पर्यावरण शहिद घोषणा गर्न माग उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *