आगरा लखनऊ एक्सप्रेसवेमा बस र ट्रकको ठूलो दुर्घटनामा १४ व्यक्तिको मृत्यु, ८ घाइते

अनलाईन न्युजपाटी, एजेन्सी,समाचारदादाता,फागुन १ गते।

बुधवार एउटा बस र ट्रक उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा आपसमा ठोकिदा १४ व्यक्तिको मृत्यु भयो र ८ जना भन्दा बढी व्यक्ति घाइते भएका छन् । अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ। दुर्घटनाको संज्ञान लिदै मुख्यमंत्री योगी आदित्यनाथले जिल्ला मजिस्ट्रेट र वरिष्ठ प्रहरी अधीक्षकलाई तत्काल घटनास्थलमा पुग्न र उद्धार र राहत कार्य सुनिश्चित गर्न निर्देशन दिएका छन्। जिल्ला मजिस्ट्रेट चन्द्र विजय सिंहले घटनाको बारेमा जानकारी दिँदै भने, “सडक दुर्घटनामा १४ व्यक्तिको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।” दुर्घटना फिरोजाबादको नगला खानगर पुलिस स्टेशनको नजिक भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *