कालिञ्चोकमा यात्रुवाहक बसको ठक्करबाट एक बालकको मृत्यु

अनलाईन न्युजपाटी,दोलखा,समाचारदादाता,फागुन ९ गते।

जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुवाहक बसको ठक्करबाट एक बालकको मृत्यु भएको  छ । दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठक्कर दिएको थियो ।थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *