अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, साउन १२ गते
धरानको पालिका तरकारी बजारमा आज विहान आगलागी भएको छ । धरान उपमहमानगरपालिका– ३ स्थित पालिका तरकारी बजारमा विहान करिब ५ बजेदेखि आगलागि भएको थियो।
धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिएका छन् ।
उक्त आगलागीमा परेर ११ भन्दा बढी पसल जलेर नष्ट भएको स्थानीयले जनाएका छन् । कस्मेटिक पसल तथा फलफुल पसल पूर्ण रुपमा क्षति भएको छ । आगलागीको कारण भने खुल्न बाँकी छ ।