जुम्लामा आफ्नै छोराले गरे बाबुको हत्या

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, साउन १२ गते

जुम्लामा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ४ निवासी ७५ बर्षीय वृद्ध बुवा दानबहादुर शाहीको साउन १० गते राति छोरा ऐन बहादुर शाहीले हत्या गरेका हुन् । ऐन बहादुरले आमाबुवाको दुवैको हत्या प्रयास गरेको तर बुबाको मात्रै ज्यान गएकउो जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक डीएसपी लाल बहादुर धामिले जानकारी दिनुभयो ।

छोरा शाहीले मदिरा सेवन गरेर घटना गरेको प्रहरीले जनाएको छ । घटनापछि घाइते भएका शाहीलाई उपचारको लागि सदरमुकाम खलंगमा ल्याउदै गर्दा बिच बाटोमै मृत्यु भएको र शव अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको प्रहरीको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *