अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, साउन १२ गते
जिल्ला प्रहरी कार्यालय पर्वतले बहुमुल्य पत्थरको नाममा ठगी आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
नक्कली बल्ने पत्थर ( लाइटिङ्ग स्टोन ) बनाएर ठगी गरेको आरोपमा प्रहरीले पर्वत फलेवास नगरपालिका – ५ खानीगाँउका ४० वर्षीय निर्मल बि.क., निजको श्रीमती ३६ वर्षीया गुमा बि.क., बागलुङ नगरपालिका -१४ घर भई पर्वत जलजला -३ बस्ने ३५ वर्षीय मञ्जिल शाह र म्याग्दी बेनी नगरपालिका -७ हुलाक चोक बस्ने २४ वर्षीय मनिष बोहोरालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू मध्ये निर्मलले आफू सँग बहुमूल्य बल्ने पत्थर ( लाइटिङ्ग स्टोन ) छ भनेर नक्कली भिडीयो बनाएर बुटवलका एक जना सँग ५० हजार बैना रकम लिएका थिए।
पक्राउ परेका चारै जनालाई आइतबार ठगी सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।