अनलाईन न्युजपाटी,जनकपुरधाम, समाचारदाता, साउन १२ गते
कोरोना संक्रमणका कारण धनुषामा एक पुरुषको मृत्यु भएको छ । धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु मृत्यु भएको हो ।
ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो । प्रदेश २ को रादेशिक अस्पताल जनकपुर स्रोतले आइतबार साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो