प्रहरी द्धारा १ लाख बढीको चल्ला बरामद

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता साउन ११ गते

इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैद्य कुखुराको चल्ला बरामद गरेको छ । इप्रका कृष्णनगरबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा ल्याउदै गरेको शिवभारी बाट  १ लाख ६८ हजार बराबरको २२५० अबैध कुखुराको चल्ला बरामद गरेको हो ।

कृष्णनगर नगरपालिका वडा नं ४ शिवभारीबाट अबैध कुखुराको चल्ला बरामद गरि डबराको  सुरही खोलामा नष्ट गरिएको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिएका छन ।

बरामद गरिएको कुखुराको चल्ला  क्वारेनटाइनका प्रतिनिधि , भद्र भलादमी , प्रहरी, पत्रकार , सर्वसाधारण लगाएतको उपस्थितिमा नष्ट गरिएको छ।

आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *