अधिकांश किसानले रकम नापए पछि किसानले उखुखेती गर्न छाडे

अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,फाल्गुन १४ गते।

पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रु ३५ करोड भुक्तानी गरिसकेको छ । उद्योगले हरेक १५ / १५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो ।  पहिलो चरणमा रु २३ करोड र दोस्रोमा रु ३५ करोड गरी कूल ५८ करोड भुक्तानी दिनुपर्नेमा हालसम्म कूल रु ३५ करोड मात्र भुक्तानी गरेको उखु प्रबन्धक योगनारायण रजकले बताउनुभयो। गत सिजनको नेपाल सरकारबाट पाउनुपर्ने अनुदानवातको रकम रु ६५.२८ पैसाका दरले हुनआउने रु २२ करोड ८३ लाख ७१ हजार ८६१.६ पैसा अहिलेसम्म पनि नपठाएका कारण इन्दुशङ्कर चिनी उद्योग लिमिटेड बदनाम भएको रकजको भनाइ छ । रकम सरकारद्धारा अनुदान वापतको होस् या चिनी उद्योगबाट उखुवापतको भुक्तानी रकम नपाए पछि  मारमा परेका सर्लाही जिल्लाका धेरै किसानले उखुखेती गर्न छाडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *