अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,फाल्गुन २३ गते।
दिनानुदिन तराईका जिल्लामा बढ्दै गरेको बिदेशी तथा भारतीय डिटिएच प्रयोगलाई रोक्नका लागि नेपाली डिसहोमले बिदेशी डिटिएच संग डिसहोम साट्ने अभियानको थालनी गरेको छ ।
बिदेशी तथा भारतीय डिटिएच प्रविधिको प्रयोगमा रोक लगाउन नेपाली डिसहोमसँग साटेर भारतीय डिटिएच प्रविधि विस्थापित गर्ने काम सुरु भएको हो । विगत केही दिनमै सर्लाही, महोत्तरी र धनुषा जिल्लामा दुइ हजार पाचसय भन्दा बढी बिदेशी तथा भारतीय डिटिएचलाई नेपाली डिसहोमले बिस्थापित गरेको बिक्रि अधिकृत शिव निरौलाले जानकारी दिए ।
बिदेसी तथा भारतीय डिटिएच लिएर नेपाली डिसहोम दिने गरेपछि ग्राहकहरु नेपाली डिसहोम प्रति आकर्षित भएका छन् । अवैधरुपमा प्रयोगमा आएका बिदेसी तथा भारतीय डीटीएच प्रविधिलाई बिस्थापित गर्नका लागि डिसहोमले अभियानको थालनी गरेको बिक्रि अधिकृत निरौलाले जनाए।
सर्लाहीको मलंगवा, लालबन्दी, बरहथवा, महोत्तरीको बर्दिबास, गौशाला, जलेश्वर र धनुषा जिल्लाका बिभन्नस्थानबाट २५०० भन्दा धेरैजना ग्राहकहरुले भारतीय डिटिएच फिर्ता गरी नेपाली डिसहोम साटेर लगेको निरौलाले बताउनुभयो । सस्तोमा पाउने र रिचार्ज गर्नु नपर्ने भएकाले सीमावर्ती आसपासमा भारतीय डिटिएचको प्रयोगकर्ताको संख्या बढी रहेको छ । नेपाल सरकारलाई कर तिर्नु नपर्ने भएकाले पनि भारतीय डिटिएच प्रति नेपाली ग्राहकको ध्यान तानिएको निरौलाको भनाई छ ।
नेपालमा बिदेसी तथा भारतीय डिटिएचको बिक्री बितरणमा रोक लागेपनि खुल्ला सीमानाको फाइदा उठाउँदै लुकीछिपी प्रयोगकर्ताहरुले भारतीय बजारबाट ल्याउने गरेका छन् । नेपाली बजारमा बिदेसी तथा भारतीय सेटअप बक्स किन्न नपाइने भएपनि खुल्ला सिमानाका कारण छिमेकी देश भारतका विभिन्न बजारबाट भएपनि ल्याएरै भारतीय स्याटेलाइट प्रविधि प्रयोग अत्याधिक मात्रामा भइरहेको पाईएपछि डिसहोमले भारतीय डिटिएच प्रविधिको प्रयोगमा रोक लगाउने अभियान सुरु गरेको निरौलाले जानकारी दिए । टेलिभिजन हेर्न नेपाली डीटीएच प्रविधिको प्रयोग गर्नुपर्ने भएपनि अधिकांश सीमा क्षेत्रमा भारतीय स्याटेलाइटकै प्रयोग भएको पाईएको छ । नेपाल सरकारलाई कर पनि तिर्न नपर्ने भएका कारण पनि अवैध रुपमा भएपनि सिमा क्षेत्रमा अधिकांशले भारतीय डिजिटल प्रविधिमार्फत टेलिभिजन च्यानल हेर्ने गरेको पाइएको हो । यसले नेपाल सरकारको राजश्व घट्ने भएकाले ठाउं ठाउंमा कडाइ पनि गरिएको छ । भारतिय डीटीएच प्रविधिको प्रयोग हटाउनुको साथै नेपाल सरकारलाई कर बढाउन,नागरीकलाई सांस्कृतिक आक्रमणबाट बचाउन, राष्ट्रियता प्रतिको सम्मान र पहिचान जोगाउन, नागरीकहरुलाई जनचेतना बढाउन र नेपाली सिनेमाहरुको स्तरोउन्नतीका साथै प्रचारप्रसारमा मद्धत पुर्याउन भारतिय डीटीएच प्रविधिको प्रयोगमा रोक लगाउने अभियान सुरु गरिएको अधिकृत निरौलाको भनाइ छ ।
लुकिछिपी सीमापारिबाट सेटअप बक्स ल्याएर प्रयोग गर्ने प्रवृत्ति रहेका कारण नेपाल सरकारलाई तिर्नु पर्ने करमा समेत बृद्धि गर्न पनि आफुहरुले अभियान बनाएरै भारतिय डीटीएच प्रविधिको प्रयोगमा रोक लगाउन साट्ने काम सुरु गरेको डिसहोमले जनाएको छ । भारतीय सेटअप बक्स प्रयोग गर्दा भारतीय च्यानल मात्रै आउने भएकाले नेपालका भन्दा भारतका गतिविधिसंग नजिक हुने भएका कारण पनि नेपालको प्रधानमन्त्री को हो भनेर सोध्दा समेत नरेन्द्र मोदी भन्ने अवस्था सृजना हुन नदिन आफुहरुले यस्तो काम सुरु गरेको डिसहोमले जनाएको छ ।
Exchange गरिएका सबै बिदेसी डिटिएचलाइ डिसहोमका सिनियर एकाउन्ट अफिसर विशाल सुवेदी, सबै जिल्लाका आधिकारिक बिक्रेताका प्रतिनिधि, पत्रकार, बुद्धिजिबी लगायतको रहोबरमा फुटाएर नस्ट गरिएको जानकारी निरौलाले दिए ।