अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ७ गते।
नेपाल बैंकर्स संघले सकभर आम ग्राहकलाई बैंकमा नआउन आग्रह गरेको छ । कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संभावित जोखिम न्यूनकरण गर्न संघले ग्राहकहरुलाई सकेसम्म बैंकमा नआउन आग्रह गरेका हुन् । ‘संक्रमण हुन सक्ने यो अवस्थामा आम ग्राहकलाई डिजिटल कारोबार बढाउन समेत संघले आग्रह गरेको छ । संघले गरेको यो आग्रहसँगै डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था पनि गरेको छ । नोटबाट पनि कोरोना बढ्न सक्ने सम्भावना देखिएपछि यसबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न नोटको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट र मोबाइल लगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवार, कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलिने व्यवस्था गरेको छ ।‘इन्टरनेटरमोबाइल बैंकिङ सेवा लिनु भएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं,’ जारी विज्ञप्तीमा भनिएको छ ।