अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,चैत ७ गते।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भक्तबहादुर चलाउनेमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्। चलाउनेमाथि हातपात गर्ने लम्कीकै छविलाल जैशीलाई बीहिबार साझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले जैशीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप्न धनगढी लगिएको जानकारी दिए। वडा अध्यक्ष चलाउनेले उनी विरुद्ध सार्वजनिक हित विपरीतको उजुरी दिएका छन्।वडा स्वास्थ्य क्लिनिक भवनको निमार्णको काम गरिरहेको स्थानमा आफूमाथि जैशीले हातपात गरेको वडा अध्यक्ष चलाउनेले बताएका छन्।भवन निमार्णको लागि निमार्ण स्थलमा नाप नक्सा गर्ने क्रममा बाहिरबाट एक्कासी आएका जैशीले नाप्न प्रयोग गरिने फिर्ता र जमिनमा गाडिएका किला उखालेर फाल्न थालेपछि आफूले किन त्यस्तो गरेको भनेर सोध्दै गर्दा उल्टै आफुमाथि अपशब्द प्रयोग गरी गाली ग्लोज गर्दै शरीरमा हातपात गरेको वडा अध्यक्ष चलाउनेको आरोप छ।