अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, भदौ ३० गते
नेपाल रेल्वे कम्पनी जनकपुरधामले १ सय २९ कर्मचारी माग गरेको छ ।

विभिन्न पदमा आवश्यक परेको करार सेवामा खुल्ला प्रतिस्पर्धाद्धारा कर्मचारीहरु परिपूर्तिकालागि सोमबार कम्पनीले विज्ञापन निकालेको हो ।
कम्पनीले दस्तुर जम्मा गरेको बैंक भौचरसहित अनलाइन दरखास्त दिन सकिने जनाएको छ ।
दस्तर तर्फ अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहिन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकिएको हो ।