ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ पनि कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३० गते

ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार राति नै कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । 

उहाँले भन्नुभयो, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । म सँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *