अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३० गते
गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमित कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले पोखराको मेट्रोसिटीमा कार्यरत ३२ वर्षीया सफाई कर्मचारी, नमुना परिक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका पोखरा १ र १४ का ४५ र १८ वर्षीय पुरुष तथा प्रतिष्ठान मै उपचारत तनहुँ सुक्लागण्डकी-१० को २३ बर्षीया महिलामा कोरोना पुष्टि भएको जनाएको हो ।

त्यसैगरी तनहुँ शुक्लागण्डकी कै थप ४ पुरुष, ३ महिला तथा देवघाट २ का २ वर्षीय पुरुष , गोरखा शहिदलखन ३ की १० वर्षीया बालिका , मनाङ नासाकी २३ वर्षीया महिला, लमजुङ बेशीसहर स्थित मोडल अस्पतालमा उपचाररत ७० बर्षीय पुरुष, स्याङजाको वालिङ, पुतलिबाजार र आधिखोलाका ७ पुरुष तथा ५ महिला एवं नवलपुरको गैँडाकोट, मध्यबिन्दु र बौदिकालीका १२ पुरुष र ८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको निर्देशनालयले जनाएको छ ।
सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको व्यहोरा अनुरोध छ |