वडा नम्बर ७ को ९० प्रतिशत विकास खोइ ?

अनलाईन न्युजपाटी,नेपालगंज,समाचारदाता, भदौ ३० गते

नेपालगञ्ज उपमहानगरपालिका वडा नं–७ मा ९० प्रतिशत बिकासको काम भएको कुरा झुठो देखिँदै गएको छ ।

वडाभित्रको बिभिन्न टोलहरुमा नालाको पानी घरमै पसेपछि जनताको गुनासोलाई नकार्दे वडा अध्यक्ष जुम्मन खाँले ९० प्रतिशत बिकासका गतिबिधि वडामा संचालन गरेको दावी बिस्तारे झुठो साबित हुन थालेको छ ।

वडामा ९० प्रतिशत बिकास भएको कुरा गलत रहेको सोमबार वडाका बिभिन्न टोलहरुमा देखिएको अवस्थाले दर्शाएको हो । स्थानीय भन्छन्, वडाअध्यक्षले गरेको दावी झुठो छ । किनकी एकछिन पनि पानी पर्दा प्राय घरमा पानी पसेको देखिन्छ ।

सोमबार पनि यही अवस्था वडामा देखिएको स्थानीयले भिडियो बनाएर सामाजिक संजाल फेलबुकमा समेत पोष्ट गरेका छन् । भिडियोमा देखिएको दृश्य वडाले गरेको बिकासको चरितार्थ पुष्टि गरिरहेको देखिन्छ ।

घरमा पानी पसेको छ । घरका सदस्यहरुले पानी फालिरहेका छन् । त्यस्तै बिभिन्न टोलहरु जलमग्न छ । रानी तलाउको उत्तरतर्फ गरेको बाटोमा पानी जमेको पानि बर्षौ बितेको छ । नालाको पानी सबै बाटोमा भरिएको छ । बिभिन्न टोलहरुमा घर जाने बाटोमा घुँडासम्म पानी जमेको दृश्य देखिएको छ ।

त्यस्तै कतिपय टोलमा निर्माण गरिएको तेस्रो सहायक बाटोहरु पनि पानीले डुबेका छन् । यस्तो अवस्था देखिँदा पनि वडा अध्यक्ष खाँले आफुले ९० प्रतिशत बिकासका कामहरु गरेको दावी गरिरहनुभएको छ ।

उहाँको दावी अनुसार बिगतमा भएको समस्या अहिले समाधान हुनुपर्ने होइन र ? तर खै त समस्या जहाँको त्यही छ ? कसरी बिकास भएको मान्ने पिडितहरु पश्न गर्छन ।

केहि दिन अघि वडामा यस्तै खाले समस्या देखिएपछि जनताको कुरालाई संचारमाध्यमले सार्वजनिक गरेपछि वडा अध्यक्षले समाचार गलत भएको भन्दै आफुले यो अवस्थासम्म काम गरिसकेको दावी गर्नुभएको हो । उहाँले पत्रकारलाई आक्षेप लगाउँदै व्यक्तिगत स्वार्थका लागि सामाचार सार्वजनिक भएको पनि बताउँदै आउनुभएको छ । अनन्त आएर उहाँले गर्दै आएको दावी छर्लङ्ग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *