अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३० गते
असोज ५ गतेदेखि आन्तरिक हवाइ उडानसहितका सबै सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।
लामो दूरीको यातायात र आन्तरिक हवाई उडान सञ्चालनमा ल्याउँदा स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा गर्नु पर्ने प्रावधान पनि सरकारले राखेको छ ।
पछिल्लो समय भने यातायात व्यवसायी र वायुसेवा प्रदायक कम्पनीहरुले सरकारलाई दबाव दिएका थिए । यातायात व्यवसायी र मजदुर संगठनहरुले सरकारले निर्णय नगरे असोज १ बाट आफैं सवारी चलाउने चेतावनी समेत दिएका थिए ।