अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३० गते
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।
हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भईरहेको छ।
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १ , प्रदेश २ , वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ , वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनेभन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।