अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ ३० गते
भारतमा एकै दिन ८१ हजार नौ सय ११ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ४९ लाख २६ हजार नौ सय १४ पुगेको वाल्डो मिटरले जनाएको छ ।

हालसम्म भारतमा ८० हजार आठ सय आठ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५४ जनाले ज्यान गुमाए ।
३८ लाख ५६ हजार दुई सय ४६ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । नौ लाख ८९ हजार आठ सय ६० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।