अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २९ गते
नेपालमा आज थप १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ जना महिला सहित १० जना पुरुष गरि १५ जनाको ज्यान गएको छ ।