अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २९ गते
काठमाडौं उपत्यकामा आज ५१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका संक्रमितहरू काठमाडौंका ४४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जना रहेका छन् ।