नेपाल रेलवे कम्पनी लिमिटेड जनकपुरमा २६ जना कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशन

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन ९ गते।

नेपाल रेलवे कम्पनी लिमिटेड जनकपुरले २६ जना कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशन गरेको छ ।करार सेवामा भर्नाका लागि रेलवे सिनियर सेक्नस इन्जिनीयर सिग्लिंग, स्टेशन मास्टर, चीफ पावर कन्ट्रोलर, चीफ लोको इन्सपेक्टर, लोको पाइलट, सह लोको पाइलट, पी.वे. सुपरभाइजर, मेकानिक र पोइन्टस मेन सहितका पदमा भर्नाका लागि विज्ञापन प्रकाशन गरेको हो ।शुक्रवार प्रकाशन गरिएको सो सूचनामा करार सेवाका लागि प्राविधिक तहका विभिन्न ९ वटा पदको विज्ञापन निकालेको हो । विज्ञापनमा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्रसम्म निवेदन दिन योग्यता पुगेका आवेदकहरुलाई आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared