बर्थिङ सेन्टर निर्माणको विषयलाई लिएर भएको झडपमा आधा दर्जन व्यक्ति घाइते

अनलाईन न्युजपाटी, जनकपुरधाम ,समाचारदाता, असार १९ गते

बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकाका दुई वडाका बासिन्दाबीच झडप भएको छ । परिस्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

वाड–२ र ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने माग राख्दै आएका थिए । सोही विषयको विवादले झडपको रुप लियो ।

शुक्रबार बिहान पनि बर्थिङ सेन्टर निर्माणको विषयमा भएको विवादले उग्र रुप लिएको थियो । प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको थियो ।

झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् । झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ । झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *