अनलाईन न्युजपाटी पोखरा,समाचारदाता, साउन ५ गते।
पोखराका ८ जना सहित गण्डकी प्रदेशमा सोमबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पोखरा महानगरपालिकामा ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै सोमबार थपिएका मध्ये तनहुँका २ जना तथा स्याङ्जा र लमजुङका एक-एक जना हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३१७ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या भने १००४ रहेको छ ।संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।