अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता, साउन ६ गते
गण्डकी प्रदेशमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ३ जिल्लाहरु लमजुङ्ग ६, बाग्लुङका ३ र स्याङजाका ७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय ४५ पुगेको छ।

उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १ हजार २० रहेको छ।