अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २८ गते
फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा दुर्घटनामा परेको हो ।
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको छ भने दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको छ । बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।