नारायणी अस्पतालको रिपोर्ट अनुसार स्वास्थ्यकर्मी , संचारकर्मी लगाएत थप ८६ जनामा कोरोना पुष्टि

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, भदौ ५ गते

पर्सा जिल्लाको वीरगंज स्थित रहेको नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप ८६ जनमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पर्सा जिल्लाको विभिन्न ठाऊवाट स्वाब सकल्ब गरि नारायणी अस्पतालले जम्मा गरी ल्याइएको स्वाबको नमुना परीक्षण गर्दा आज थप ८६ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।

नारायणी हस्पिटलको  रिपोर्ट अनुसार थपिएका सङ्क्रमित मध्ये केही निजी अस्पतालका डाक्टर ,नारायणी अस्पतालका स्वास्थ्यकर्मी र  सञ्चारकर्मीसमेत रहेका अस्पतालको श्रोतले जनाएको छ ।

ज थपिएको८६ जना कोरोना सङ्क्रमित मध्ये केही पर्सा जिल्लाका ग्रामीण क्षेत्रलगाएत अन्य जिल्लाका पनि रहेको नारायणी अस्पतालको र्स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *