चितवनमा थप एक साता लम्बियो निषेधाज्ञा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १३ गते

जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रोपटक एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । अब भदौ १९ गते राति १२ बजेसम्म निशेधाज्ञा कायम हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अत्यावश्यक किनमेलको समय घटाइएको छ ।

र यो पटक थपिएको निशेधाज्ञा केही खुकुलो बनाइने निर्णय भएको छ । बिहान ५ देखि ८ बजेसम्म अत्यावश्यक खाद्य पसल खोल्न दिने समयलाई कायम राखिएको छ ।

बेलुकाको समय घटाएर ६ देखि ८ बजेसम्म अत्यावश्यक पसल खोल्न दिने नियम बनाइएको छ ।

यसअघि ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यक पसल खोल्न दिइएको थियो । बिहान १० बजेदेखि १ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्न दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *