अलौ नाकामा रहेको सशस्त्र प्रहरीले छोडेको मोटरसाइकलवाट, नेपाल प्रहरीले ९० हजार भारु सहित हुण्डी कारोबार गर्ने एकजानालाई गरे पक्राउ

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, भदौ १३ गते

प्रहरी चौकी श्रिसियाले हुण्डी  ९० हजार रकम सहित १ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी श्रिसियाले विशेष सुचनाको अधारमा करिव बिहान ८ बजे वीरगंज स्थित रहेको वडा नम्वर १७ अलौ नाकावाट भारतवाट नेपालमा  भित्रिएको ना ५६ प ६८७८ नम्वरको fz मोटसाईकल सवार भई आईरहेको उमेश साहलाई चेकजाँच गर्दे ९० हजार भारतिय नोट सहित पक्राउ  गरिएको प्रहरी चौकी श्रिसियाको ईन्चार्ज गजानन्द साहले बताउनु भएको छ।

अलौ सिमानाकामा  खटिएको सशस्त्र प्रहरी टोलिको सहयोगले भारतवाट नेपाल भित्रिएको मोटरसाइकल चेकजाच गर्दे  एकजना  हुण्डी कारोबार गर्ने ब्यक्ति सहित  ९० हजार भारतिय रुपैया सहित पक्राउ नेपाल प्रहरीले नियन्त्रणमा लिएको  छ ।

पक्राउ पर्नेमा भारतको बेतिया निवासि ३० बर्षिय उमेश  साह रहेको श्रसिया प्रहरी चौकीले जनाएको छ । यसले प्रमाणित हुन्छ कि सिमा सुरक्षाको लागि खटाईएको सशस्त्र प्रहरी टोलीको सहयोगले भारतिय कारोबारीहरु लकडाउनको कारणले सिमानाका सिल भएपनि  अलौ नाकावाट कारोबारीहरु नेपाल भित्रिरहेको छ।

यस्तो गतिविधि रोकनको लागि सम्बन्धित निकायको ध्यान जान अति आवशयक देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *