गण्डकी प्रदेशमा फेरी थपिए २१ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १३  गते

गण्डकी प्रदेशमा  आज बिहान थप २१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान नवलपुरका  १३ जना  पुरुष र ८ महिलामा कोरोना देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो  ।

निर्देशनालयका अनुसार नवलपुर बिनयत्रिवेणी ६ र ७ का १३ पुरुष तथा ७ महिला तथा गैँडाकोट -८ की एक महिलामा  कोरोना सक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भए सँगै उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २  हजार ७७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *