अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, असोज ७ गते
लकडाउनका कारण महिनौदेखि बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुल्ला गरिएको छ ।
मन्दिर खुल्ला गरिएपनि कोरोना महामारीको त्रासले सीमानाका बन्द र सार्वजनिक यातायातमा आवात जावतमा कमी भएको कारण बाहिरका श्रद्धालु एवं दर्शनार्थीको संख्यामा कमी देखिएको छ ।
अहिले दैनिक ३ सयदेखि ४ सयसम्म दर्शनार्थी आइरहेका छन् । उनीहरुलाई दूरी कायम गरी दर्शन र पूजापाठ गर्न दिइएको उनले बताए । मन्दिर खुलेसँगै यहाँ पूजा सामग्री बेच्ने पसलहरु पनि संचालनमा आएको छ । मन्दिर आसपास भएका मिठाइ, फुल तथा अन्य सामग्रीका पसल संचालनमा आएको छ ।
यसअघि मन्दिर बन्द गरिए पनि भित्र पूजापाठ नियमित भइरहेको थियो । लकडाउनका कारण मन्दिर बन्द गरिँदा यस पटकको राम नवमी, सीता नवमीसहितका पर्वहरु खल्लो देखिएको थियो ।