अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, असोज १४ गते
नेपाल रेल्वे कम्पनीको १ सय २९ कोटामा जागिर खानका लागी ३२ हजार जनाले आवेदन दिएका छन् ।
स्टेसन मास्टर, लेखा, प्रशासन, सुरक्षागार्डलगायतका २९ वटा पदमा एक सय २९ जना कर्मचारी माग गरिएको कम्पनीले बताएको छ । ३२ हजारमध्ये पहिलो चरणमा शैक्षिक योग्यता, अनुभवलगायतका आधारमा उपयुक्त उम्मेदवारको सूची सार्वजनिक गरिने भट्टराईले बताए ।

महाप्रबन्धक भट्टराईले ट्विटरमार्फत ३२ हजार आवेदन आएको बताउदै, उनले सोर्स फोर्स, चिनजान, नातागोताका आधारमा छनौट नगरिने पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुने र दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरि कर्मचारी छनैट गरिने बताएका छन् ।
मौखिक परीक्षापश्चात् उत्कृष्ट आवश्यक एक सय २९ जनालाई तत्काल नै नियुक्ति दिने उनले बताए । रेल आइसकेको अवस्थामा कुनै पनि हालतमा रेल सञ्चालन हुने उल्लेख गर्दै उनले भने, ‘रेल चल्दैन भनेर नसोच्नुस्, रेल कुनै पनि हालतमा सञ्चालन हुने नै हो, रेल प्रधानमन्त्रीज्यू र आमनेपालीको सपना हो, त्यसकारण रेल सञ्चालन निकट भविष्यमै हुन्छ ।’