अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज १९गते
ईलाका प्रहरी कार्यालय औरहीबाट गस्तीमा खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा औरही गा.पा. वडा नं. १ कपटौल स्थितमा ना.५ च. १२५६ नं. को पिकप गाडीलाई चेक जाँच गर्दा भन्सार चोरी निकासी गरि ल्याएका १०० वाट वोरामा केराउ फेला पारेको छ।
साथै गाडीका चालक जिल्ला बारा सिमरा उप-महानगरपालिका -८ वस्ने वर्ष २५ को प्रदिप चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको ।