अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज २५ गते
घरेलु तथा साना उधोग कार्यालय जनकपुरधाम धनुषाले सेवा ग्राहीलाई सेवा प्रदान गर्न थप सहज पारेका छन्।

जनकपुरधामको रामानन्द चौक स्थित घरेलु तथा साना उधोग कार्यालयको आजबाट मुहार फेरिएको जस्तो छ।
सेवा ग्राहीहरु सैक्डोको संख्यामा मेन गेटमा भिड रहेको कार्यालयमा आजबाट गेट व्यस्थापनमा सहज देखिएको छ। आफु पंक्तिबद्ध तरिकाले आफ्नो पालोको पर्खाईमा रहेको एक सेवा ग्राहीले बताए।

पहिले कार्यालयमा आउँदा हुल का हुल भिड कार्यालयको मुख्य गेटमा हुन्थियो तर आजबाट सहज सेवा महसुस भएको अर्का सेवाग्राही राम सेवक साहले बताए।
मुहार फेरिएको सन्दर्भमा जानकारी लिन कार्यालय प्रमुख देवेन्द्र कुमार झा संग कुराकानी गर्दा वहाले भन्नु भयो “यस कार्यालयमा आउने सबै सेवाग्राही मेरा लागि आदरणीय हुन् र यस कार्यालयबाट सबै सेवा ग्राहीले मुस्कान सहितको सेवा पाउने आधिकार छ। “
साथै यसभन्दा पहिले कामकाजमा ढिला सुस्ती हुन् नदिन तुरन्त निर्णय गर्ने खालका प्रमुखले C.C.TV बाट अवलोकन, छड्के गर्ने र फाईलहरु तुरुन्त सक्न निर्देशन दिएका छन्।
सबै कर्मचारीलाई परिवार मानी सबै सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन कर्मचारीलाई निर्देशन दिएका थिए।