अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, कार्तिक ९ गते
जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यो वर्ष ८ हजार ८ सय ६६ बोकाको बलि दिइएको छ ।

शनिबार साँझ ७ बजेर १० सुरु भएको बलि प्रदानको कार्यक्रम अबेर राति सम्म चलेको थियो । गत बर्ष १४ हजार ६ सय ३३ बोकाको बलि दिइएको छ ।
बोकाबलीका लागि प्रत्येक साल झैँ यसपालि पनि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाको लागि ५ जनाको समूहमा ठेहा स्वयंसेवक परिचालित थिए ।
यस वर्ष कोरोना भाइरस महामारीको कारण जिल्ला प्रशासन कार्यालय धनुषाले शक्तिपीठहरुमा बली प्रदान नगर्न सर्वसाधारणलाई आग्रह गरेपनि बोका बलि रोक्न असक्षम रह्यो ।