कंलकीमा कुखुरा बोक्ने ट्रकले रोकिरहेको ट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २७ गते

कंलकी मकालु पेट्रोल पम्पमा कुखुरा बोक्ने ट्रकले पार्किङ गरी राखिरहेको ट्रकलाई ठक्कर दिँदा  ३ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी  ठोक्किँदा सोही कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहोराका अनुसार दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको छ ।

कलंकीस्थित सहिद स्मृति अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय को विजय तामाङ घाइते भएका छन् । उनको उपचार जारी छ ।

दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *