कपिलवस्तुको सिमाक्षेत्रमा खसीको तस्करी बढ्यो

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता, कार्तिक ३० गते

मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी तस्करी बढेको छ l

लकडाउनमा जिल्लाका सिमाक्षेत्र हुदै अवैध खसीको तस्करी बढ्दै गएको छ। जिल्लाको कृष्णनगर , कुकुरभुक्वा, गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ र  आज मिति २०७७।०७।२९ गते १५:५० बजे जिल्ला कपिलवस्तु बिजयनगर गा.पा.-१ तिनघरवा स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपाल तर्फ ल्याउदै गरेको ९ जिउ खसी  ईलाका प्रहरी कार्यालय गणेशपुर र बॉर्डर आउट पोस्ट डालपुरको सयुंक्त गस्ती टोलीले  बिजयनगर गा.पा.-१ तिनघरवा बाट  खसी बरामद गरेको छ र आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार पठाएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिस्टले जानकारी दिनुभएको छ  l

कोरोना संक्रमणका कारण भारतसंगको सिमा लक भएकाले चोरबाटो हुँदै अवैध खसीको तस्करी मौलाएको स्थानियहरु बताउछन । तस्कारी गरेर ल्याईने खसीहरु महराजगंज, कृष्णनगर , चन्द्रौटा, बुटवल,पाल्पा र तौलिहवा सम्म सप्लाई हुँदै आएको जानकारी प्राप्त भएको  छ।

भारतसंगको सिमा (कृष्णनगर)मा लकडाउन अवधीदेखि सशस्त्रको नया चेकपाेष्ट बनाइएको छ तर रातिको समयमा तस्करहरु खेतको डिल तथा नदीको किनाराको छेउ समाउदै नेपालमा खसी  लगायत अन्य समान ओसार  पोसार गरिरहेका प्रत्यक्षदर्शीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *