बर्दिबास घटनाको विरोधमा आज महोत्तरीको गौशाला बजार बन्द

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,मङ्सिर १२ गते

महोत्तरीको गौशाला बजार बर्दिबास घटनाको विरोधमा आज (शुक्रबार) बन्द भएको छ ।

बिहीबार साँझ एक प्रेस विज्ञप्ती जारी गरी गौशाला उद्योगा बाणिज्य संघले बर्दिबासका दुबै घटनाको दाषीमाथि अभिलम्ब कारबाहीको मागप्रति एक्यबद्धता जनाउँदै शुक्रकार गौशाला बजार बन्दको घोषणा गरेको हो ।

संघले गौशाला हाटबजार, यातायात, कलकारखाना, शैक्षिक संस्था बन्द गरिदिन आग्रह गरेका छन् ।

६ वर्षीया बालिका गुलाबसा खातुनको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेप्रति संघले श्रद्धाञ्जली अर्पण गर्दै शुक्रबार साँझ ५ बजे श्रद्धाञ्जली सभाम समेत गर्ने जनाएको छ ।

घटनापछि बर्दिवाससहित जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *