अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,मङ्सिर ३० गते।
प्रत्येक बर्ष झैँ यस बर्ष पनि मिथिला समाज समितिले रामजानकी बिबाह पंचमी महा-महोत्सबमा आफ्नो सेवा निरन्तर दिने भएको छ।
त्रेता युगमा भएको राम सिताको विवाहको सम्झनामा हरेक बर्ष विवाह पञ्चमी धुमधामका साथ मनाइने गरिन्छ ।

यस बर्ष तिल्कोत्साब देखि बिबाह पंचमीसम्म श्रद्धालु भक्तजनको भिड रहुन्जेल निशुल्क भोजन, निशुल्क स्वाथ्य शिविर तथा आशहायलाई बस भाडा समेत उपलब्ध गराउने भएको छ।
बिबाह पंचमी महा-महोत्सब मा नेपाल र भारत का लाखौंको संख्यामा श्रद्धालु भक्तजनको भिड हुन्छन।
स्थापना बर्ष बि.स २०४१ साल देखि हाल सम्म आफ्नो निस्वार्थ भावना ले सेवा गर्दै आएको मिथिला समाज समिति जनकपुरले यस बर्ष सप्ताव्यापी रामजानकी बिबाह पंचमीमा आफ्नो निस्वार्थ सहयोग निरन्तर रहने मिथिला समाज समितिका एक पदाधिकारी सुरेश ठाकुरले जनाए।
प्रत्येक बर्ष तिल्कोत्साब देखि बिबाह पंचमीसम्म श्रद्धालु भक्तजन भिड रहुन्जेल निशुल्क भोजन ,निशुल्क स्वाथ्य शिविर तथा आशहायलाई बस भाडा समेत उपलब्ध गराएको पूर्व अध्यक्ष रामबाबु साहले जनाए।
साथै यहि पुस १८ गते शनिबारका दिन मिथिला समाज समितिको निर्वाचन मिति तय भएकोले सदस्यहरुलाई आफ्नो सदस्यता नबिकरण गर्न समेत आग्रह गरिएको छ।