यती एयरलाइन्सका २ जहाज जनकपुरमा आकस्मिक अवतरण

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष १८ गते।

अचानक मौसममा परिवर्तनका कारण काठमाडौको मौसम खराब भएपछि त्रिभुवन विमानस्थल आधा घन्टाको लागि क्लोज गरिएपछि यती एयरलाइन्सका दुईओटा जहाज जनकपुर बिमानस्थलमा आकस्मिक अवतरण  भएको यती यती एयरलाइन्सका जनकपुर विमानस्थलका स्टेशन सहायक म्यानेजर मिथलेश यादबले अनलाईन न्युजपाटीलाई जानकारी दिनुभयो । नेपालगंञ्ज र तुम्लिङटारबाट उडेका बिमान मौसम खराबीको कारण जनकपुर बिमानस्थलमा आकस्मिक अवतरण गरिएको जनकपु्र बिमानस्थलले जानकारी दिएको छ । काठमाडौको आकाश खुल्ला नभएको कारणले विमानलाइ ड्राईभर्ट गरि जनकपुर विमानस्थल लगिएको थियो । अनलाईन न्युजपाटीलाई कुरा थप्दै त्रिभुवन विमानस्थल सूचारु भएसँगै जनकपुर विमानस्थलवाट यती एयरलाइन्सका विमान काठमाडौंका लागि पनि सकुसल उडिसकेको यादबले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *